Breaking News Monday, 19 Dec, 2016
Prestige Media

सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

पेरिस – सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ ।

यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पाँचजना भएका विश्व सञ्चार स्वतन्त्रता समूह (पे्रस फ्रिड्म ग्रुप) ले जानकारी दिएको छ । मारिएका पत्रकार प्रायःजसो स्थानीय नै भएका बताइएको छ ।

सन् २०१५ मा ६७ जना पत्रकार मारिएका तुलनामा भने २०१६ मा यो सङ्ख्या केही कम भएको पनि सो समूहले जानकारी दिएको छ । विशेषगरी सिरिया, इराक, लिबिया, यमन, अफगानिस्तान र बुरुन्डी जस्ता सदाकाल युद्धग्रस्त र समाचार सङ्कलन गर्नका लागि अत्यन्तै जोखिमयुक्त देशमा गएका पत्रकार त्यहाँबाट पलायन भएका हुनाले पनि यो सङ्ख्यामा कमी आएको सो समूहले बताएको छ ।

त्यस्तै आठजना सञ्चारकर्मी र नौजना इन्टरनेट सूचना समसामयिकिकरण गर्ने व्यवसायी (ब्लगर) हरु पनि सन् २०१५ मै मारिएका छन् । “जहाँ दण्डहिनताले राज्य गरिरहेको हुन्छ, त्यहाँबाट पत्रकारहरु फिर्ता हुनुपर्छ र त्यहीँ नै सत्य समाचार र सूचनामाथि काला छिद्रहरु छरपष्ट भइरहेका हुन्छन्” रिपोर्टर्स् बिदाउट बोर्डर्सले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

अफगानिस्तानमा मारिएका १० पत्रकार उनको व्यवसायलाई लक्षित गरी मारिएका थिए । सन् २०१६ को जनवरीमा निजी टेलिभिजन च्यानल टोलोले भाडामा लिई प्रयोग गरेको मिनी बसमा आत्मघाती आक्रमणमा तीन महिलासहित सात व्यक्ति मारिएका थिए । यस आक्रमणको जिम्मेवारी तालिवान आतङ्ककारी समूहले लिएको थियो ।

यमनमा सरकारी सेना र साउदी अरेबियाको समर्थन प्राप्त सशस्त्र बलले हुथी विद्रोहीविरुद्ध गरेको युद्धको कारण सन् २०१५ देखि सात हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने अर्को तर्फ पाँच पत्रकारको दिनदाहाडै हत्या गरिनाले पत्रकारले यमनलाई एक “कालो क्षेत्र– ब्ल्याक स्पट” का रुपमा हेर्छन् ।

पत्रकाको संरक्षणका लागि विशेष सुरक्षा प्रतिनिधिको बन्दोबस्त गरिदिनसंयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव आन्टोनियो गुटेर्रेससँग पे्रस फ्रिड्म ग्रुपले आह्वान गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

संसद्‌मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL