विश्व Saturday, 17 Dec, 2016
Prestige Media

चीनद्वारा अमेरिकी मानवरहित ड्रोन नियन्त्रणमा, अमेरिकको आपत्ति

वेइजिङ– चीनले दक्षिणी चीन सागरमा एक अमेरिकी मानवरहित ड्रोन कब्जामा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पानीभित्र चल्ने (अन्डरवाटर) ड्रोन फिलिपिन्सको तटीय इकाला सुबिकको खाडीबाट ५० माइलको दूरीमा अन्तर्राष्ट्रिय जल सीमाबाट नियन्त्रणमा लिएको हो। अमेरिकाले चीनको सो कामको विरोध गर्दै आफ्नो ड्रोन फर्काउन माग गरेको छ।

ड्रोनको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता क्याप्टेन डेफ डेविसले ओशन ग्लाइडर नामक  ड्रोनको प्रयोग तापमानको जाँच गर्नलागि प्रयोग गरिएको बताए। अमेरिकी अधिकारीका अनुसार सो ड्रोन अमेरिकी सेनाको हो। तर त्यसको संचालन सैनिकले गरेका थिएनन्।

ड्रोन चीनले नियन्त्रणमा लिएपछि  अमेरिकाल राजनीतिक रुपमा चीनसँग औपचारिक विरोध जनाएको छ र सो ड्रोन फिर्ता गर्न माग गरेको छ। पेन्टागनले भनेको छ,‘ड्रोन कुनै गोप्य योजनामा थिएन, ड्रोनद्वारा दक्षिणी चिनियाँ सागरमा मिलिटरी सर्वे कानुनको दायराभित्र बसेर गरिएको छ।’

चीनद्वारा  ड्रोन नियन्त्रणमा लिनुलाई दक्षिणी चिनियाँ सागरमा चिनियाँ सेनाको बढ्दो गतिविधिका रुपमा अमेरिकाले बुझेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एक अमेरिकी थिंक ट्यांकले चीनले सबै सातवटा वनावटी टापुमा एन्टी एयरक्राफ्ट सिस्टम तैनाथ गरेको आरोप लगाए। चिनियाँ अधिकारीले अमेरिकाको ड्रोन नियन्त्रणमा लिएको स्वीकार गरेका छन्। तर अमेरिकी विरोधका विषयमा कुनै टिप्पणी भने चीनले गरेको छैन।

नागरिक बाट साभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL