अर्थ बाणिज्य / समाज
Friday, 19 Mar, 2021
महिलालाई जिउँदै पुर्ने डोजर चालक भारतबाट पक्राउ
काठमाडौं । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका चालक भीमबहादुरलाई पक्राउ गरेको हो ।
खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, धादिङबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुनेछ ।







