अर्थ बाणिज्य / समाज Thursday, 21 Jan, 2021
Prestige Media

वातावरण संरक्षणमा एनसेलको पहल

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने भएको छ ।

झन्डै १० दशमलव २ किलोमिटर दूरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्य एनसेलले लिएको छ ।

सामाजिक पहलअन्तर्गत एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणको काम गरिरहेको छ । यसै पहलअन्तर्गत एनसेलले एकान्तकुनादेखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रूपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।

यसअघि एनसेलले सोही सडक खण्डमा वृक्षारोणका लागि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६ हजारभन्दा बढी रुख–बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षण गर्नेछ ।

‘वन तथा भू–संरक्षण विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक÷निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ । रिङरोडको १०.२ किलोमिटर सडक खण्डको क्षेत्रमा दायाँबायाँ हरियाली निर्माण तथा संरक्षणको कार्य सार्वजनिक–निजी साझेदारीको उत्तम उदाहरण हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

‘वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियानअन्तर्गत यो रिङरोड ग्रीनबेल्ट योजना कार्यान्वयनका लागि २ महानगरपालिका र एनसेलसँग सहकार्य गर्न लागेका छौं’, वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने ।

वातावरण संरक्षण पहलअन्तर्गत एनसेलले काठमाडौं महानगरमा एक हरित पार्क पनि निर्माण गर्दै छ । यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बिरुवा वृक्षारोपण गरेको थियो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL