Breaking News Sunday, 11 Sep, 2016
Prestige Media

भारत प्रशासित कास्मिरमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप, दुईजनाको मृत्यु

- यज्ञ बञ्जाडे, काठमाडौं

भाद्र २६, २०७३- भारत प्रशासित कास्मिरको सोपिएन जिल्लामा भारतीय सुरक्षकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका बताइएको छ ।

भारत प्रशासित कास्मिरबाट स्वतन्त्रताका लागि माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि सुरक्षाकर्मीले अश्रुग्यास तथा लाठीचार्जसमेत गरेको थियो ।

एक प्रहरी अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा शनिबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा एक युवाको मृत्यु भएको बताए ।

त्यसैगरी अनन्तनाग क्षेत्रमा प्रदर्शनका क्रममा एक २५ वर्षीय युवाको पनि मृत्यु भएको जनाइएको छ ।

भारत प्रशासित कास्मिरमा विगत केही समयदेखि भएको आन्दोलनका क्रममा ७० जना स्थानीय नागरिकको मृत्यु भएको छ भने दुईजना प्रहरीले समेत ज्यान गुमाएका छन् ।

घटनामा सुरक्षाकर्मी तथा आन्दोलनकारीतर्फ सयौँ मानिस घाइते भएका छन् ।आजको कान्तिपुरबाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

संसद्‌मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL