Breaking News Saturday, 18 Jul, 2026
Prestige Media

जब होटलमा छापा हान्न आफैं हिंडे गृहमन्त्री

आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले शुक्रबार नौ बुँदे सहमति गरेको छ । जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको आन्दोलन नवौं दिनमा आएर सकिएको हो ।

सरकारले वार्ताको प्रयास भने पाँचौँ दिनदेखि गरेको थियो । तराई–मधेशका मिटरब्याज पीडितहरूले विभिन्न ६ सुत्रीय माग राखेर २५ असारमा तिरहुतियागाछीबाट काठमाडौंका लागि पैदल मार्चपास सुरु गरेका थिए ।

दैनिक करिब २५ किलोमिटरसम्मको यात्रा तय गर्दै काठमाडौंतर्फ अघि बढेको पाँच दिनपछि ३० असारमा गृहमन्त्री सुधन गुरुङ मिटरब्याज पीडितलाई भेट्न भन्दै काठमाडौंबाट हवाईमार्ग हुँदै बाराको सिमरा विमानस्थल ओर्लिए । तीन दिनसम्म सिमरा नै बसेर मिटरब्याज पीडितसँग छलफल गरे पनि गृहमन्त्रीको आश्वासनमा उनीहरू विश्वस्त भएनन् ।

‘हिंडेर काठमाडौं गए पनि अन्त्यमा भेट्ने मलाइ नै हो । तपाईंहरूलाई दुःख नदिन म आफैं यहाँ भेट्न आइरहेको छु । पहिलाको सरकार भएको भए यसरी कोही आउँथ्यो ?,’ गुरुङ मिटरब्याज पीडितलाई भावनात्मक रूपमा पनि मनाउने प्रयास गरेका थिए ।

लिखित प्रतिबद्धता चाहिने भन्दै उनीहरू आफ्नो अडानमा कायम रहे । छलफल निष्कर्षविहीन भएपछि काठमाडौं जाने निष्कर्षमा मिटरब्याज पीडित रहे । मिटरब्याज पीडितका अगुवाहरू सिमराबाट हेलिकप्टरमा काठमाडौं आउने भए ।

छलफल निष्कर्षविहीन भएपछि मन्त्री गुरुङ भने जहाजबाट सोझै काठमाडौं आएनन् । उनी त बरू छड्के र अनुगमनमा व्यस्त रहे । यतिसम्म कि गृहमन्त्री गुरुङ आफैंले सुरक्षाको दलबलसहित होटल पुगेर छापा मारेका थिए ।

पर्साबाट चितवनतर्फ जाने क्रममा पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी बजारमा उनको केही स्थानीयहरूसँग भेट भयो । तिनै स्थानीयले सूचना दिएपछि मन्त्री गुरुङ सुरक्षाकर्मी लिएर राति ७ः४० बजे दुई होटलमा पुगेर छापा मारेको जानकारहरू बताउँछन् ।

स्रोतका अनुसार, उनले ठोरी बजारमा रहेको ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटल’ मा छापा मारेका थिए । होटल सञ्चालक, होटल स्टाफ र गेस्टसहित ९ जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय ठोरीमा लगिएको थियो । यसरी पक्राउ गरिएकामध्ये ७ युवती र दुई होटल सञ्चालक रहेको बताइएको छ ।

छापा मारेर व्यक्ति नियन्त्रणमा लिनुको पछाडि ती होटल तथा दोहोरी साँझमा ‘अनैतिक क्रियाकलाप हुने गरेको’ दाबी छ । छापा मार्न सशस्त्र प्रहरीको नं. १३ गणका गणपति एसपी, बोर्डर आउट पोस्ट (बीओपी)का ठोरीका इन्सपेक्टर र नेपाल प्रहरीको टोली समेत पुगेको थियो ।मन्त्रीसहितको उपस्थितीमा छापा मारेर व्यक्ति पक्राउ गरिएको उच्च स्रोतले पनि पुष्टि गरेको छ । ‘मन्त्रीज्यूको उपस्थितीमा दुई होटलमा छापा मारेर मान्छे पक्राउ गरिएको हो । स्थानीयले सूचना दिएपछि मन्त्रीज्यूकै निर्देशनमा उहाँकै उपस्थितिमा छापा मारेर पक्राउ गरिएको हो,’ उच्च स्रोतले भन्यो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

आज साउने सङ्क्रान्ति पर्व

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

असुरक्षाका कारण सडकबाट ‘ब्याक’ भएका नगर प्रहरी फेरि फर्किँदै ड्युटीमा

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

अधिकांश स्थानमा वर्षा

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता

४ घन्टा लामो भेटघाटमा सुकुम्बासी समस्याबारे रवि लामिछानेले के भने प्रधानमन्त्री बालेनलाई?

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यरातमा पस्यो बाढी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL