देश भित्र
Tuesday, 5 Aug, 2025
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध
लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ ।
उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३, बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।
रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी काेरिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।







