देश भित्र
Thursday, 31 Jul, 2025
पूर्वप्रदेश प्रमुख झा पुर्पक्षका लागि थुनामा
जिल्ला अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीश पिताम्बर शर्माको इजलासले यौन दुर्व्यहार कसुरमा पक्राउ परेका झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । अदालतको उक्त आदेशसँगै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
यौन दुर्व्यहारको कसुरमा यही साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो । सोही विषयमा थप अध्ययनका लागि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश गरेको हो ।







