चीनले नाकामा थाल्यो पुननिर्माणको काम, नेपालतर्फको सडक पनि मर्मत हुदैँ
चीनको तिव्बतस्थित लेन्देखोलामा अकल्पनीय रुपमा आएको भीषण बाढीले क्षति गरेको स्थानको मुल्याङ्कन कार्य सुरु गरिएको छ । चीनले बाढी गएको चार दिनमै पुननिर्माणको काम सुरु गरेको छ ।
नेपालतर्फ पनि रसुवागढी जाने नाकामा ठूला तथा हेभि इक्युपमेण्टमार्फत सडक तथा विध्वंस भएका अन्य संरचनाको पुननिर्माण कार्य भइरहेको छ ।
अकल्पनिय रुपमा आएको मंगलवार लेन्देखोलामका आएको बाढीबाट पुल, जलविद्युत, यातायात, भन्सार तथा विद्युतीय गाडीमा विध्वंस मच्याएको हो । बाढीले सयौं रोपनी जमिन कटान गरेको छ ।
छिमेकी चीनले रसुवागढी नाकामा रहेको स्थानमा बाढीले गरेको फोहोर हटाउने र पन्छाउने कार्य गरिरहेको छ । चीनका तर्फवाट नेपाली अधिकारीसँग समन्वय गरि बाटो तथा पुल निर्माणका सम्वन्धमा शुक्रवार चासो व्यक्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार चीनले पहिलो चरणमा रसुवागढी नाकाको पहिरो व्यवस्थापन गरिरहेको छ । समय मिलाएर बेलिब्रिजसमेत राख्ने आशययुक्त जानकारी नेपाली पक्षलाई आएको अधिकारीले बताउनुभयो ।
रसुवागढी नाका हुँदै नेपालतर्फ आएका सामानहरुको दैनिक रुपमा न्युनतम एक करोड रुपैयाँ भन्दा बढि राजश्व संकलन हुदै आएको थियो । बाढीग्रस्त स्थानमा नेपाली सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुलेसमेत स्थलगत अनुगमन गरिरहेका छन् ।







