देश भित्र Wednesday, 9 Jul, 2025
Prestige Media

विपद्‍बाट क्षति न्यूनीकरण गर्न सांसदले सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाकोआजको बैठकमा सांसदले प्राकृतिक विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा किसानका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।  

बैठकको शून्य समयमा उहाँहरूले विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी ,किसानलाई सहज रूपमा मल, बीउ र सिँचाइको सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो। 

सांसद रेखा शर्माले पूर्वतयारी प्रभावकारी नहुँदा प्रकृतिक प्रकोपबाट धेरै जनधनको क्षति भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो।  उहाँले रसुवामा बाढीबाट भएको जनधनको क्षतिका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो।  सांसद शर्माले मलको अभावमा किसानले धान रोप्न नपाएका उल्लेख गर्दै मलको आपूर्तिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।  

सांसद लालप्रसाद साँवा लिम्बूले मानो रोपेर मुरी उब्जाउने अवस्थामा किसानले मल पाउन नसक्दा चिन्तित भएका बताउनुभयो।  “कृषिमा आत्मनिर्भर, आधुनिकीकरण, उत्पादन वृद्धि भनिरहेका छौँ, तर मलको अभाव छ, कसरी यो लक्ष्य पूरा हुन्छ। 

सांसद योगेन्द्र मण्डलले समयमा मल, बीउ, सिँचाइको सुविधा उपलब्ध गराएर किसानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।  सांसद रणकुमारी बलम्पाकी मगरले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। 

सांसद राजेन्द्रकुमार केसीले तीनै तहका तालिमप्राप्त सुरक्षाकर्मीलाई दुरुपयोग गरी पूर्वमन्त्री, राजनीतिककर्मी, उच्चपदस्थ तथा अवकाशप्राप्त व्यक्तिको घरमा खटाइने प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।  

सांसद राजेन्द्रकुमार राईले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि न्यून बजेट उपलब्ध गराइँदा नागरिक समस्यामा परेका बताउनुभयो।  सांसद रामकुमार राईले खेतीबालीको समयमा किसानले मल पाइरहेको छैन, कहिले पर्याप्त मल, बीउको व्यवस्था हुन्छ रु भनी प्रश्न गर्नुभयो।  

सांसद रामकृष्ण यादवले मङ्गलबार रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी गर्न र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न माग गर्नुभयो।  सांसद रामशङ्कर यादवले तराई मधेसका क्षेत्रमा खडेरीका कारण खानेपानी र सिँचाइको समस्या बढ्दै गएको जनाउँदै आधारभूत सुविधा उपलब्ध गराउन माग गर्नुभयो।  

सांसद रामहरि खतिवडाले वर्षाका कारण राजमार्ग, विद्युत्, खानेपानी, मल, बीउ, सिँचाइको अभाव भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।  सांसद रुक्मिणी राना बराइलीले सुनका गहनामा लगाइएको बिलासी कर हटाउन माग गर्नुभयो।  सांसद रुपा शोशी चौधरीले कैलालीको जानकी गाउँपालिकामा मृतकका सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सो सम्बन्धमा निश्पक्ष छानबिन गर्न माग गर्नुभयो।  सांसद लेखनाथ दाहालले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको तत्काल निष्पक्ष छानबिन अघि बढाउन माग गर्नुभयो। 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL