अर्थ बाणिज्य / समाज
Friday, 26 Jul, 2024
नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषण
काठमाडौं– सहकारी मन्त्रालयले नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै ः काठमाडौं महानगर–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए।
‘सहकारी ऐन, २०७४ अनुसार उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ’, उनले भने, ‘उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनबमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ।’