Exclusive News Friday, 7 Jun, 2024
Prestige Media

विद्युत् प्राधिकरणले ९ महिनामा कमायो ११ अर्ब

काठमाडौं–सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको चालू आर्थिक वर्ष चैतसम्मको अपरिस्कृत वित्तीय विवरणमा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ। प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷ ८१ को ९ महिने अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ९३ अर्ब ९४ करोड आम्दानी भएको जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विद्युत्् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा ८२ अर्ब ८८ करोड खर्च भएको छ। मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा नाफा ८ अर्ब ८८ करोड र गत आवको मुनाफा १३ अर्ब ३७ करोड थियो। प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड पुगेको छ। आव २०७२÷७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ।
प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले चालू आवको ९ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए। प्राधिकरणले चालू आवको ९ महिनामा विद्युत् बिक्रीबाट ६८ अर्ब ८९ करोड खुद संकलन गरेको छ। यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादक र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ।
प्राधिकरणले हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोडको विद्युत्् भारतबाट आयात गरेको छ भने आन्तरिक रुपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारत निर्यात गरिएको जनाएको छ। प्राधिकरण आफूले कमाएको नाफाबाट चालू आवको चैत महिनासम्म १७ अर्ब ८२ करोड विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा लगानी गरेको विवरणमा छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL