Exclusive News Sunday, 28 Apr, 2024
Prestige Media

लगानी सम्मेलनमा २४०० बढीलाई निम्तो, १६०० को सहभागिता

काठमाडौं– आइतबारदेखि सुरु भएको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६०० बढीको सहभागी भएका छन्। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो।
विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदै छन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको हो।
त्यसैगरी चीनका दुई सय ६५, भारतका एक सय ४३, अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स ९युएई० का १३ र जर्मनीका १० जना सहभागी भएका छन्।
दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९–९ जना सम्मेलनमा सहभागी भएको लगानी बोर्डले जनाएको छ। पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट ५–५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४÷४ जनाको सहभागिता रहेको छ।

त्यसैगरी स्वीट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीन÷तीनजना सम्मलेनका लागि नेपाल आउँदै छन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई÷दुई जना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ।

त्यसैगरी इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता छ। आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ।
सम्मेलनका लागि १ सय ५० आयोजना सोकेसमा राखिँदै छन् भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष ९स्टल० राखिनेछन्। सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ। आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन्। पहिलो दिन उद्घाटन सत्र र दुई वटा मुख्य सत्र रहेका छन्। त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास हुँदै

कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री तयार

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू

प्रधानमन्त्रीले गरे सुनकोसी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

खुलामञ्चमा अकासे पानी पुनःभरण हुने गरी काम गरिँदै

प्रधानमन्त्रीद्वारा सवारी ‘लाइसेन्स’ विषयमा विभागका पदाधिकारीसँग छलफल

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL