Exclusive News Wednesday, 27 Mar, 2024
Prestige Media

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुँदै

काठमाडौं– आगामी वैशाख २ मा जिब्रो छेड्ने तयारी गरिरहेको मध्यपुरथिमि बोडेमा यस वर्ष उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला २०८० आयोजना गरिने भएको छ। मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा चैत २६ मा बोडे दरबार ९लायकु० मा प्रतियोगिता हुने भएको हो। धिमे बाजा प्रतियोगितामा ४० धिमे बाजा खलः, पुच, समूह वा संघसंस्थालाई सहभागी गराइने प्रतियोगिता तथा संस्कृति मेलाका संयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिए। प्रतियोगितामा भाग लिने खलः, पुच, समूह तथा सङ्घसंस्थाले चैत २४ गतेभित्र आयोजक समितिको सचिवालय, मध्यपुरथिमि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट फाराम भरेर सहभागिता जनाउन सक्ने उनको भनाइ छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार, दोस्रो हुनेलाई रु २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना पुरस्कारस्वरुप १० हजार पुरस्कार र सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। प्रतियोगितामा सहभागी टोलीमा बढीमा पाँच जना रहने र प्रत्येक टोलीले दुई धिमे, दुई भुस्या तथा एक छुस्या वा अन्य बाजा प्रयोग गर्न पाइनेछ। उनका अनुसार प्रत्येक टोलीलाई पाँच मिनेटको समय दिइनेछ।

संस्कृति मेला

धिमे बाजा प्रतियोगितासँगै संस्कृति मेला र तस्बिर प्रदर्शनीसमेत गरिने भएको छ। मेलामा स्थानीय रैथाने उत्पादन र खानाका परिकारको प्रवद्र्धनका लागि भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुर घरेलु तथा साना उद्योग संघ, मध्यपुर पर्यटन विकास समितिको संयोजनमा स्थानीय रैनाथे उत्पादन र खानाका परिकार प्रदर्शनी एवं बिक्री कक्ष राखिने संयोजक प्रजापतिले जानकारी दिए।
मेलामा मध्यपुर थिमिको मौलिक उत्पादन टिगनीको चिउरा, माटोको भाँडा बनाउनेतर्फ सेरामिक्स, मुकुण्डोको बनाउने विधि, बोडेका स्थानीय महिला समूहलगायतले नेवारी खाना परिकारको कक्ष राखेर स्थानीय नेवारी परिकारको प्रवद्र्धनलगायत मेलामा स्थानीय उत्पादनका २५ कक्ष राख्ने तयारी भइरहेको उनले बताए।
संस्कृति मेलामा मध्यपुरथिमिको कला संस्कृति झल्कने फोटो प्रदर्शनीसमेत हुने भएको छ। फोटो प्रदर्शनीका संयोजक चन्द्र चक्रधरले राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायत स्थानीय फोटो पत्रकारले विभिन्न समयमा खिचेका मध्यपुरको संस्कृति झल्कने तस्बिर प्रदर्शनमा राखिनेछ। कार्यक्रममा बोडेमा जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका व्यक्तिलाई सम्मान गरिनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL