नेप्सेमा साढे १५ अर्ब बढीको बोनस सेयर सूचीकृत
काठमाडौं– चालू आर्थिक वर्षको चैत ८ सम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा १६ करोड ७ लाख ४ हजार ७७३।६१ कित्ता बोनस सेयर सूचीकृत भएको धितोपत्र बोर्डले जनाएको छ।नेप्सेमा ३७ कम्पनीको कुल १५ अर्ब ५५ करोड ५३ लाख २९ हजार ६०१ रुपैयाँ ९८ पैसा बराबरको बोनस सेयर सूचीकृत भएको हो। सूचीकृतमध्ये ७ वटा कम्पनीले गत वर्ष वितरण गरेको बोनस सेयर सूचीकृत भएको छ।
चालू आवमा ३० कम्पनीले वितरण गरेको सेयर सूचीकरण भएको हो। नेप्सेका अनुसार यसमध्ये चालू आवमा ५ वटा वाणिज्य बैंक, ३ उत्पादन तथा प्रशोधन, ३ निर्जीवन, १ जीवन, ६ वटा विकास बैंक, ५ वटा लघुवित्त, ४ वटा हाइड्रोपावर र १ लगानी समूह र २ वटा होटल्स तथा पर्यटन समूहका कम्पनीको बोनस सेयर सूचीकृत गरिएको हो।
अन्य, लगानी र फाइनान्स समूहका १–१ वटा कम्पनीको सेयर सूचीकृत भएको छ। यस्तै, आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट बोनस सेयर वितरण गरेका ४ लघुवित्त संस्थाको सेयर नेप्सेमा सूचीकरण भएको छ।







