अर्थ बाणिज्य / समाज Tuesday, 6 Feb, 2024
Prestige Media

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री डा महतको निर्देशन

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार भएकाले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
आज कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।
‘को, कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ। कर्मचारीले गरेको कामले देखिने परिणामका आधारमा मूल्यांकन हुन्छ,’ उनले भने।
मन्त्री महतले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्यांकन गरिए राजस्वको लक्ष्य नजिक पुग्न कठिन नहुने बताए।
व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई ध्यानमा राख्न उनले सुझाए। आन्तरिक राजस्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गगर्दै उनले भने, ‘कुन वस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्टियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ।’
अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो? कति आय भयो भन्ने पत्ता लगाउन सकिने उनको भनाइ छ। ‘होटल, रेस्टुराँजस्ता सेवा व्यवसायको संख्या बढिरहेको छ। नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ। उनीहरुलाई कर प्रणालीमा जोड्नुपर्छ’, उनले भने।
मन्त्री डा. महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए। ‘अनावश्यक रुपमा कसैलाई दुःख दिनु हुँदैन र आँखा चिम्लिनु पनि हुँदैन। जे गर्नुपर्ने हो, त्यो अनिवार्य गर्नुपर्छ’, उनले भने।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL