Exclusive News
Monday, 22 Jan, 2024
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं– सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँमा कारबार भइरहेको हो।
आइतबार पनि सुनचाँदी सोही मूल्यमा किनेबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २६.८ डलर र चाँदी प्रतिऔंस २२.५३ डलरमा कारोबार भइरहेको छ।







