७८ लाख यात्रुले लिए आन्तरिक हवाई सेवा
काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०२३ मा आन्तरिक र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने यात्रु संख्या बढेको तथ्यांक सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा आन्तरिकतर्फ उडान गर्ने यात्रु संख्यामा ३७.४८ र अन्तर्राष्ट्रियतर्फ ४१.०४ प्रतिशत वृद्धि भएको हो।
सन् २०२३ को नोभेम्बर अर्थात् ११ महिनामा ७७ लाख ९४ हजार २१७ यात्रुले आन्तरिक उडानको सेवा लिएको तथ्यांक प्राधिकरणसँग छ।।
सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले उडान सेवा लिएका छन्। नेपालबाट विभिन्न १६ देशका वायुसेवा कम्पनीले ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउजाउ गर्ने यात्रु संख्या बढेको प्राधिकरणले बताएको हो।
आन्तरिकतर्फ २१ वटा वायुसेवा कम्पनी दर्ता रहे पनि १९ कम्पनीले नियमित उडान गर्दै आएका छन्। नेपालमा ५५ मध्ये ३५ विमानस्थल सञ्चालनमा छन्।







