अर्थ बाणिज्य / समाज
Thursday, 28 Dec, 2023
आईपीओ निष्कासन गर्न दुई जलविद्युत् कम्पनीले दिए निवेदन
काठमाडौं। आइपिओ निष्कासन अनुमति माग्दै दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन्।
लाफिङ बुद्ध पावर नेपाल र रिड्जे लाइन इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन्।
बिक्री प्रबन्धक नेपाल इन्भेस्टमेन्ट बैंकिङ रहेको लाफिङ बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण सेयर निष्कासनका लागि पुस २ मा निवेदन दिएको हो।
यस्तै, प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको रिड्जे लाइन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता साधारण सेयर निष्कासन गर्न मंसिर २५ मा सेबोनमा निवेदन दिएको हो।
यी कम्पनीले सेबोनबाट आईपीओ निष्कासन अनुमति पाएपछि पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरेर आईपीओ निष्कासन गर्नेछन्। दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन्।







