अर्थ बाणिज्य / समाज Tuesday, 26 Dec, 2023
Prestige Media

१५ मध्ये ७ विकास बैंकले घोषणा गरे लाभांश

काठमाडौं–हालसम्म ७ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ मध्ये ७ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् ।
नेप्सेका अनुसार हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेका हुन्।
सप्तकोशी विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा डाकेका छन्।
लाभांश घोषणा गरेका विकास बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुंगाले १०.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत गरी कुल १०.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो। बैंकले वितरण गर्ने लाभांश साधारणसभाबाट पारित गरिसकेको छ।
यसैगरी सांग्रिलाले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश, मुक्तिनाथले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेका छन्।
नेप्सेका अनुसार मितेरी डेभलपमेन्ट बैंकले कुल लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत कर प्रयोजनार्थ लाभांश वितरण प्रस्ताव गरेको छ।
यस्तै, गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्र्थ ०.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ। त्यसका लागि पुस २९ मा साधारणसभा बोलाएको छ।
लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २६ मा साधारणसभा आह्वान गरेको छ।
महालक्ष्मी विकास बैंकले ६.४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL