राजनीति / देश Friday, 29 Sep, 2023
Prestige Media

एमाले बागमती अधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित

काठमाडौं–एमाले बागमती अधिवेशनमा तीन दिनदेखि नयाँ नेतृत्वको चुनाव गर्ने भनिए समझदारी नहुँदा अहिलेसम्म सुरु हुन सकेको छैन। सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओलीलगायत केन्द्रीय नेतृत्वले आग्रह गरे पनि आकांक्षीबीच सहमति नहुँदा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गरिन लागेको हो।

बुधबार, बिहीबार निर्वाचन हुने भनिए पनि आकांक्षीहरुबीच सहमति नहुँदा निर्वाचन पछि धकेलिएकामा आज अन्तम उम्मेदवारको नामावली लिस्ट सार्वजनिक गरिएको छ।

आज बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुई जना मात्र उम्मेदवार मैदानमा छन्। अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल मात्र प्रतिस्पर्धामा उत्रेका छन्। बिहीबारसम्म पाँच जना अध्यक्षका आकांक्षी थिए।त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन्।

प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ। दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्दै छन्।
आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला हुँदा अहिलेसम्म मतदान सुरु भएको छैन।
यद्यपि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनाली आज निर्वाचन भइछाड्ने बताए।

बिहीबार बेलुकीसम्म सहमतिको प्रयास जारी भएकाले आजका मतदान कार्यक्रम स्थगित गरिएको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताएका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL