राजनीति / देश Wednesday, 6 Sep, 2023
Prestige Media

कोसी पुलमा गाडी छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

काठमाडौं–कोशी नदी पुल छेउ गाडी छाडेर बेपत्ता भएका डा. प्रज्वल कोइरालाको १० दिनपछि प्रहरीले शव फेला पारेको छ।

कोइरालाको शव वराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको हो।
कोशीमा माछा मार्न गएका स्थानीयले नदीको सानो भंगालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव बेपत्ता डा. कोइरालाको हुन सक्ने अनुमान गरेर परिवारका सदस्यलाई घटना स्थल बोलाएको थियो।

मृतकका बुबा दिवाकर कोइरालासहित झापाको दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोली शव भेटिएको स्थानमा पुगेको थियो। बुबा हरिप्रसादले शव आफ्नै छोरा प्रज्वलको भएको यकिन गरेको बताइन्छ।मृतक कोइरालाको शव परीक्षणका लागि मंगलबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका आज परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।

झापाको दमक नगरपालिका– १ घर भएका डा. कोइराला मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत थिए।

उनी गत १० भदौमा बिरामी चेकजाँच गरी अस्पतालबाट बेपत्ता भएका प्रज्वललाई खोज्ने क्रममा उनी चढ्ने गाडी सुनसरी र उदयपुरको सीमा कोशी पुलमा भेटिएको थियो। कोशी पुल छेउमा उनी चढ्ने गाडीसहित मोबाइल र पर्ससमेत भेटिएको थियो।दिवंगत ३२ वर्षीय डा. कोइराला बाबुआमाका एक मात्र छोरा हुन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL