राजनीति / देश Thursday, 24 Aug, 2023
Prestige Media

बाढीपहिरोले सात वटा राजमार्ग ठप्प

काठमाडौं– सडक विभागले बाढीपहिरोबाट हालसम्म ७ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध हुन पुगेको बताएको छ। ४५ ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा रहेको विभागले जनाएको छ।

विभागले अद्यावधिक गरेको विवरणअनुसार तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरुद्ध छ।कोशी राजमार्गअन्तर्गत रानी विराटनगर–इटहरी–धरान धनकुटा हिले, तेघुवाघाट– तुम्लिङ्गटार खाँदवारी–नुम किमाथांका जोड्ने सडक संखुवासभाको मुढेमा अवरुद्ध छ।

यस्तै, पासाङ ल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेंसी जोड्ने सडक नुवाकोटमा निगालेमा अवरूद्ध छ।सुर्खेत तत्तो डुंगेश्वर–सातखम्बा, दुत्तु–पिपलकोट–खुलालु–मान्मा, नाग्मा–जुम्ला सडक कालीकोटको गल्जेमा अवरुद्ध रहेको विभागले अद्यावधिक गरेको सूचनामा उल्लेख छ।

डुम्रे बेसीसहर–मनाङको चामे जोड्ने सडक च्याम्चे, रामबजार र घोप्टेमा अवरुद्ध रहेको विभागले जानकारी दिएको छ।पोखरा सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ राम्दी स्याङ्जा जोड्ने सडक पाप्लाको हुल्दे खोला र कालीमाटीमा अवरुद्ध रहेको छ।

यस्तै, ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिबास– रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरुद्ध रहेको विभागले बताएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL