राजनीति / देश Wednesday, 23 Aug, 2023
Prestige Media

प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची

काठमाडौं– सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न तीन सदस्यीय कार्यदल निर्माण गर्ने सहमति प्रतिपक्षी एमालेसँग भएपछि मंगलबार खुल्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएका आज पनि बस्ने कार्यसूची छ ।

१० साउनदेखि मुख्य प्रतिपक्षी एमालेबाट अवरुद्ध हुँदै आएको संसद् बैठक हिजो दिउँसो ३ बजे संसद् सचिवालयले बस्ने भनेर सूचना निकाले पनि दलहरुबीच उच्चस्तरीय समिति गठनको मस्यौदामा हस्ताक्षर गर्न एमाले अध्यक्ष केपी ओली नआएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

हिजो सूचना टाँगेर स्थगित प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।१० साउनयता अवरुद्ध सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकाले आजको संसद् बैठक खुल्ने भनिए पनि शंका यथावत छ। संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएकाले पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ।

छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा मंगलबार हस्ताक्षर नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।
मंगलबार विशेष कारणवश बैठक बस्न नसकेको भनेर सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ (३) बमोजिम बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी संघीय संसद्का महासचिव भरतराज गौतमले दिएका थिए।

आयोग गठनको मस्यौदा तयार गरी मंगलबार दिउँसो शीर्ष नेताहरूले छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी थियो। तर, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको सपथका कारण मंगलबार शीर्ष नेताहरूको बैठक बस्न नसक्ने भएपछि सहमतिपत्रमा हस्ताक्षर रोकिएको हो।

एमाले प्रमुख सचेतक पदम गिरीले आज बस्ने शीर्ष नेताहरूको बैठकपछि सदन सुचारु हुने दाबी गरे।सोमबारको सहमतिबमोजिम एमाले उपाध्यक्ष सुवास नेम्बाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उच्चस्तरीय आयोग गठनको मस्यौदा तयार गरिसकेका छन्।

मस्यौदालाई अन्तिम रुप दिएर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेपछि सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति गठन प्रक्रिया अगाडि बढाउन दलहरुबीच सहमति जुटिसकेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL