राजनीति / देश
Tuesday, 22 Aug, 2023
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
काठमाडौं–चितवनको मुग्लिन नजिक सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।
इच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सोमबार राती ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको हो।ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने बताइएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै रोकिएका छन्।
ठूलो सुक्खा पहिरो गएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।







