राजनीति / देश Sunday, 6 Aug, 2023
Prestige Media

विदेशमा रहेका मतदाताको नामावली संकलन

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्न आन्तरिक तयारी थालेको छ ।

कानुनी, आर्थिक तथा जनशक्ति व्यवस्थापन तयारी नपुग्दा विदेशमा रहेका नेपाली नागरिकको नामावली संकलनमा समय लाग्नेछ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले भने, ‘कार्यविधि बन्दै छ । परराष्ट्र मन्त्रालयबाट जनशक्ति र अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनसम्बन्धी छलफल भएपछि मात्रै नामावली संकलनको रूपरेखा तयार हुनेछ ।’

नामावली संकलन शाखाका अनुसार कार्यविधिले नाम दर्ता अधिकारीलगायतका कर्मचारीको व्यवस्थापन, नामावली संकलन गर्ने स्थल, नामावली स्वीकृतिको प्रक्रियालगायतका विषय टुंगो लगाउनेछ । आयोगले सम्बन्धित राष्ट्रको कूटनीतिक नियोगमार्फत नामावली संकलन गर्ने गरी जनशक्ति र बजेट व्यवस्थापन गर्न अर्थ र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै छ ।

उनले भने, ‘अर्थ र परराष्ट्र मन्त्रालयसँग अनौपचारिक छलफल भएको छ । कार्यविधि बन्दै गर्दा थप गृहकार्य गरेर दुवै मन्त्रालयसँग समन्वय गरिनेछ ।’मतदाता नामावली संकलन शाखाले वैदेशिक रोजगार विभागको तथ्यांकबाट नामावली संकलन गर्न आवश्यक जनशक्तिलगायतका विषयमा टुंगोमा पुग्ने जनाएको छ ।

सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार व्यवस्था गरिने उल्लेख छ ।

सर्वोच्च अदालतको ७ चैत २०७४ मा परमादेशमा जनसंख्याको ठूलो हिस्सालाई मत खसाल्ने अवसरबाटै विमुख गरी गरिने निर्वाचनलाई पूर्ण रूपमा जनअनुमोदन भएको मान्न नसकिने तर्क गरिएको छ। वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश गरेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL