राजनीति / देश Friday, 28 Jul, 2023
Prestige Media

यसपालिको जुलाई पछिल्ला १ लाख २० हजार वर्षकै गर्मी महिना हुनसक्ने

सन् २०२३ को जुलाई महिना संसारभर नै पछिल्ला १ लाख २० हजार वर्षको सबैभन्दा गर्मी महिना हुने देखिएको छ।

युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस र विश्व मौसम संस्थाले संयुक्त रूपमा बिहीबार सार्वजनिक गरेको एउटा रिपोर्टमा महिना सकिन केही दिन बाँकी रहँदा नै जुलाईको विश्वभरको औसत तापक्रमले पहिलाका रेकर्ड तोडिसकेको उल्लेख गरिएको छ।

जुलाई महिनाका २३ दिनको संसारभरिको औसत तापक्रम १६.९५ डिग्री पुगेको छ।यसअघि जुलाईका तीन सातामा संसारभरिको औसत तापक्रम यति रेकर्ड भएको थिएन।सन् २०१९ को जुलाई महिनामा विश्वभरको औसत तापक्रम १६.६३ डिग्री पुगेको थियो।

विश्वभरको तापक्रमको औसत नाप्न थालिएको धेरै वर्ष भएको छैन। तर वैज्ञानिकहरूले यो जुलाई महिना पछिल्ला १ लाख २० हजार वर्षमै गर्मी हुन सक्ने बताएका छन्।‘यी दिनहरू मानव इतिहासकै सबैभन्दा गर्मी दिन हुन्,’ कोपरनिकसकी उपनिर्देशक सामन्था बर्गेसले भनिन्।

यसपालि उत्तरी गोलार्द्धका विभिन्न देशमा गर्मीका कारण ज्यान गुमाउने मानिसको संख्या पनि बढेको छ।अमेरिका, भारत, चीनलगायत मुलुकमा यसपालि अत्याधिक गर्मीका कारण दर्जनौं मानिसले ज्यान गुमाएका छन्।यसपालिको जुन महिना पनि अहिलेसम्मकै गर्मी जुन महिना बनेको थियो। गत जुलाई ६ तारिखमा संसारभरको औसत तापक्रम १७.०८ डिग्री सेल्सियस पुगेको थियो।

‘हामी २०२३ को सातौं महिनामा छौं। यो वर्षका सबै महिना अहिलेसम्मका ताता महिनामध्ये टप फाइभमा परेका छन्,’ बर्गेसले भनिन्,‘यही ट्रेन्ड हिउँदमा पनि कायम रहे २०२३ अहिलेसम्मकै तातो वर्ष हुनसक्छ।’समुद्रको पानी तापक्रम पनि यसपालि यसभन्दा पहिला कहिल्यै नपुगेको तहमा पुगेको छ।‘अहिले हामीले जे देखिरहेका छौं, त्यो यसभन्दा पहिला कहिल्यै देखाएका थिएनौं,’ बर्गेसले भनिन्।

रिपोर्ट लेखनमा संलग्न ब्राउन युनिभर्पसिटीका जलवायु वैज्ञानिक किम कोबले अहिलेसम्मको तापक्रम चकित पार्ने खालको भए पनि यो रेकर्ड फेरि पनि तोडिन सक्न चेतावनी दिएका छन्।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसले दुनियाँ अब ग्लोबल वार्मिङबाट ग्लोबल बोइलिङतर्फ गइरहेको बताएका छन्।

वैज्ञानिकहरूले जैविक इन्धनको अत्याधिक खपत, कार्बन उत्सर्जनलगायत कारणले विश्वव्यापी तापमान वृद्धि भइरहेको बताएका छन्।

एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL