राजनीति / देश
Sunday, 16 Jul, 2023
राप्रपा र रास्वपाद्वारा संसद अवरुद्ध
काठमाडौँ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
आइतबार बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद अवरोध गरेका हुन् । तर सभामुख देवराज घिमिरेले भने संसदमा सो विधेयक पेश गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताएका छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल भइरहे पनि सभामुखले निर्णयार्थ प्रस्ताव पेश नगरेको बताए। यसपछि सभामुख देवराज घिमिरेले प्रस्तावमाथि घोषणा हुँदा सांसदहरूले आपत्ति नजनाएको उल्लेख गरेका थिए।







