राजनीति / देश
Wednesday, 5 Jul, 2023
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरूद्ध
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरूद्ध गरेको छ।
प्रधानमन्त्री प्रचण्डले सोमबार पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिपछि उनलाई प्रधानमन्त्रीको पदमा बस्ने हक नभएको भन्दै एमालेले राजीनामा मागेको हो।
‘भारतीय नागरिकले यहाँका देशका नेताहरूसँग र दिल्लीमा पनि समन्वय गर्छ र प्रधानमन्त्री बनाउँछ भन्ने बुझिएको छ। यो हाम्रो देशको शीर निहुँराउने विषय भएको छ,’ एमाले सांसद देवेन्द्र दाहालले भने, ‘भारतको इशारामा प्रधानमन्त्री बन्छ भने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन। त्यो प्रधानमन्त्री स्वीकार्य छैन। त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।’







