राजनीति / देश
Monday, 19 Jun, 2023
पार्टी कार्यालय बालाजु सार्ने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ पार्टी कार्यालयमा सर्ने भएको छ । पार्टी स्थापनाको अवसरमा असार ७ गतेभित्र रास्वपा नयाँ पार्टी कार्यालयमा सर्ने भएको हो ।
रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार इन्दुबदना अधिकारी (देवकोटा) घरमा रास्वपा नयाँ पार्टी कार्यालय सर्न लागेको छ। पार्टी स्थापनाको अवसर पारेर ७ असराबाट बालाजुमा सारिने प्रवक्ता डा मुकुल ढकालले बताए । उनका अनुसार अब सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना समेत गर्न लागेको छ।
मासिक ३ लाख ५० हजार भाडामा ६ तलाको घर रास्वपाले लिन लागेको हो । जसमा ४ वटा फ्ल्याट रास्वपाले प्रयोग गर्ने छ ।







