मनोरञ्जन
Monday, 19 Jun, 2023
‘आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको छ ।
पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।
आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले पनि सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।








