राजनीति / देश
Friday, 16 Jun, 2023
काठमाडौं महानगरले गर्यो नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेका छ।शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन्।
टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र नेपाल प्रहरी पनि उल्लेख्य मात्रामा परिचालन गरिएको छ।
काठमाडौं महानगरपालिकाले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै नयाँ बसपार्कबाट मात्रै काठमाडौं बाहिर जाने र भित्रने सवारीहरू सञ्चालन गर्न भनेको भनेको थियो।







