राजनीति / देश
Thursday, 15 Jun, 2023
काठमाडौं महानगरले रोक्यो भृकुटीमण्डपको शैक्षिक मेला
काठमाडौँ । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो ।
एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शूल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले आजका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइले जानकारी दिए।
बिहीबारदेखि सुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए।उक्त मेलामा ७५ वटाभन्दा बढी शैक्षिक संस्थाका स्टलहरु राखिएका थिए।
आइतबारसम्म सञ्चालन हुने भनिएको उक्त मेला अब महानगरसँग अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिइने महानगरले जनाएको छ ।







