राजनीति / देश
Wednesday, 14 Jun, 2023
पूर्णबहादुर खड्काले पाए कांग्रेसको कार्यबाहक सभापति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।सभापति देउवा देश बाहिर (सिंगापुर) गएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेसले जनाएको छ ।
सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् ।







