राजनीति / देश
Wednesday, 31 May, 2023
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका हुन्।
उनीहरुको भेटघाट प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केन्द्रित रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । कुनै पनि देशको भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने कार्यतालिका छ ।







