राजनीति / देश
Tuesday, 30 May, 2023
धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।
सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।







