राजनीति / देश
Wednesday, 12 Apr, 2023
एकीकृत समाजवादी ललितपुरका जिल्ला सचिव एमालेमा प्रवेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी ललितपुरका सचिव सुदर्शन मिश्रसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरूलाई बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।
सचिव मिश्रसँगै एकीकृत समाजवादी पेशागत महासंघ ललितपुरका केन्द्रीय सदस्य शालिकराम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा मगर, ऋषिलाल भेटवाल,माधव बञ्जरा पनि एमाले प्रवेश गरेका छन् ।







