राजनीति / देश
Monday, 27 Mar, 2023
अष्ट्रिया र ग्रीसका लागि गैरआवासीय दूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रिया र ग्रीसका लागि गैरआवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति पौडेलले रेग्मीलाई संविधानको धारा २८२ को उपधारा १ अनुसार सोमबार नियुक्त गरेका हुन् ।








