राजनीति / देश
Friday, 3 Feb, 2023
पूर्व सेनापति कटवाल अस्पताल भर्ना
पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ ।
एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।







