राजनीति / देश
Tuesday, 31 Jan, 2023
परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जाँदै
परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ।श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ।परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो।भ्रमणका दौरान मन्त्री पौड्यालले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्री लगायतसँग उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमण सकेर परराष्ट्र मन्त्री पौड्याल आइतबार स्वदेश फर्किने कार्यक्रम छ।







