राजनीति / देश
Wednesday, 18 Jan, 2023
खेसारीलाल सहभागी बर्जु महोत्सवमा यसपालि पनि झडप
सुनसरीमा भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी एक कार्यक्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
मंगलबार सुनसरीको बर्जु गाउँपालिका– ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी कार्यक्रममा झडप भएको हो । झडपमा दुई जना दर्शक र तीन जना प्रहरी सामान्य घाइते भएका हुन् । प्रहरीले कार्यक्रम स्थलमा ढुंगामुडा गर्ने एक जनालाई पक्राउ गरेको छ ।







