राजनीति / देश
Tuesday, 17 Jan, 2023
वर्षमान पुनलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्।
मंगलबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको सुमेरू अस्पतालमा पुगेर पुनलाई भेटेका हुन्। अस्पतालमा पुगेर उनले पुनको स्वास्थ्य अवस्था बुझेका हुन्।
चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत पुस ३० गते हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको थियो।







