राजनीति / देश
Monday, 16 Jan, 2023
विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द
यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ ।
पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ ।कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ ।
कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।







