कला / साहित्य
Sunday, 25 Dec, 2022
गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक
चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।
गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्इानलबाट बजारमा ल्याइएको हो ।







