राजनीति / देश
Tuesday, 20 Dec, 2022
नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने
। नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ ।यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो ।
हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आजको मितिदेखि एक महिनाभित्र निवेदन दिन अनुरोध गरेको छ ।
सन् २०२२ को जुलाईमा हजका लागि नेपालबाट जाने यात्रुहरुबाट विविध खर्च शीर्षकमा साउदी रियाल २०० को दरले रकम लिएको थियो । उक्त रकम खर्च भएको थिएन ।







