कला / साहित्य
Wednesday, 7 Dec, 2022
अमेरिकी संस्करणको ‘द भ्वाइस’बाट बाहिरिइन् परिजिता बाँस्तोला
नेपालीमूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ । नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए ।
सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।द भ्वाइसको फिनाले नेपाली क्यालेन्डरअनुसार मंसिर २६ र २७ गते हुँदैछ ।







