राजनीति / देश
Sunday, 4 Dec, 2022
माओवादीले बोलायो पदाधिकारी बैठक
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि शनिबार पदाधिकारी बैठक बस्न लागेको सचिव गणेश साहले बताए।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।’गठबन्धन सरकारमा माओवादीले दाबी गर्ने पदको खाकामा छलफल तथा चुनावी समीक्षा बैठकको प्रमुख एजेण्डा छ,’ साहले भने।







