कला / साहित्य
Sunday, 27 Nov, 2022
मण्डलामा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरू
काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरू भएको छ।
शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको उद्घाटन भएको हो।महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।








