राजनीति / देश
Tuesday, 15 Nov, 2022
काठमाडौं महानगरपालिकाले गर्यो सिनामंगल क्षेत्रमा रूख कटान
काठमाडौं महानगरपालिकाले सिनामंगल क्षेत्रमा रूख कटान गरेको छ।आज बिहान महानगरबाट खटिएको टोलीले जोखिमयुक्त रूख कटान गरेका हुन्।बिजुलीका तार अवरोध गर्ने रूख र हाँगा कटान गरिएको महानगरले जानकारी दिएको छ।

विद्युत प्रसारणमा अवरोध गर्ने रुख र रुखका हाँगाहरु काट्न सुरु गरेको महानगरका अनुसार काटिएक रुख र हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गर्ने काम भइरहेको छ ।







