राजनीति / देश Monday, 17 Oct, 2022
Prestige Media

कृषि मन्त्रालयले तयार गर्‍यो आत्मनिर्भरता कार्यक्रमको कार्यविधि

कार्यविधिमा धान, मकै, दूध, बाख्रा, तरकारीलगायत उत्पादन वृद्धिमा जोड दिइएको छ।

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ सञ्चालन कार्यविधि तयार पारेको बताएको छ । यो कार्यविधिलाई अर्थ मन्त्रालयले स्वीकृति दिन बाँकी छ ।कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन’ कार्यक्रम तिहारपछि कार्यान्वयनमा आउने बताए ।

यो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा १० अर्ब छुट्याइएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश सञ्जेलले स्थानीय तहमार्फत सञ्चालन गर्ने गरी कार्यक्रम तथा कार्यविधि तयार भएको जानकारी दिए ।‘जुन खाद्यवस्तुको आयात बढी हुन्छ, ती खाद्यवस्तुको उत्पादनमा जोड दिने गरी कार्यक्रम तयार भएको छ । धान, मकै, दूध, बाख्रा, तरकारीलगायत उत्पादन वृद्धिमा जोड दिइएको छ । चैते धान उत्पादनमा जोड दिएको छ । चैते धान खेतीको क्षेत्रफल वृद्धि गर्ने गरी कार्यक्रम तयार भएको छ’, सहसचिव मिश्रले भने ।

दाना उद्योगसँग जोडेर मकै उत्पादनमा जोड दिने गरी कार्यक्रम तयारी गरिएको सहसचिव मिश्रले जानकारी दिए । दूध र दुग्धजन्य वस्तु उत्पादनका लागि नयाँ जातका गाईभैंसीको विकास गर्नुका साथै दूध संकलन केन्द्रको विकास तथा विस्तार गर्ने कार्यक्रम कार्यविधिमा समेटिएको छ ।

स्थानीय तहमार्फत सञ्चालन हुने आत्मनिर्भर कार्यक्रमको अनुगमन तथा मूल्यांकन सङ्घीय कृषि मन्त्रालयले गर्नेछ । कृषि मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार केन्द्रमा कृषि मन्त्रालयका सचिवको नेतृत्वमा निर्देशक समिति रहनेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL